टिकट र पासपोर्ट बिनै विमानमा शंकास्पद व्यक्ति पुगेको घटनामा नेपाल एयरलाइन्सको एक्सन

टिकट र पासपोर्ट बिनै विमानमा शंकास्पद व्यक्ति पुगेको घटनामा नेपाल एयरलाइन्सले एक्सन लिएको छ । फागुन ११ गते राति नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट दोहा जाने तयारीमा रहँदा एक युवक विमानभित्र अनधिकृत रुपमा प्रवेश गरेको फेला परेको थियो ।
यस सम्बन्धमा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमान्डरलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडि बढाएको छ ।
निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्नको निम्ति निगमले नायव महाप्रबन्धकको संयोजकत्वमा शुक्रबारसम्म प्रतिवेदन पेश गर्ने गरी एक उच्चस्तरीय छानबिन उपसमिति गठन गरेको उल्लेख छ ।
आगामी दिनमा यस किसिमका घटना पुनः दोहोरिन नदिनका निम्ति सम्बद्ध सबै पक्षसँग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता समेत निगमले गरेको छ। अनधिकृत रुपमा विमानमा पुग्ने युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मायाखोलाको आईपीओ बाँडफाँट, करिब १० लाख आवेदकको हात खाली
-
चिकित्सा शिक्षा पढ्न विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिन कडाई
-
सङ्कटमा रहेको घडियाल गोहीको संरक्षण गर्दै बाँके राष्ट्रिय निकुञ्ज
-
राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय !
-
सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस
-
तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?