बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युक्रेनमा रुसी आक्रमण : अहिलेसम्म के–के भयो ?

शुक्रबार, १३ फागुन २०७८, ०९ : ०४
शुक्रबार, १३ फागुन २०७८

बिहीबार बिहान नै रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य अभियान घोषणा गरे । यससँगै रुसी सेना विभिन्न स्थानबाट युक्रेनतर्फ अगाडि बढ्यो । पछिल्लो समय रुस र युक्रेनबीचको अवस्था अस्पष्ट छ । भने, परिस्थिती भने तीव्र गतिमा परिवर्तन भएको छ । 

अहिलेसम्म के–के भयो ? 
-बिहीबार बिहान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य अभियान अगाडि बढाउने आदेश दिए । र, सेना युक्रेनतर्फ अगाडि बढे । बीबीसीका अनुसार अहिले संघर्षले धेर्र क्षति पूर्वी क्षेत्रबाट आएको छ । 

-युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको हमलाबाट पहिलो दिन युक्रेनका १३७ नागरिकको मृत्यु भएको जानकारी दिएका छन् । उनले मृत्यु हुनेमा सैनिक र आमनागरिक पनि भएको उल्लेख गरेका छन् । 

-युक्रेनको सीमा क्षेत्रमा कार्यरत डीपीएसएले १८ देखि ६० वर्ष उमेरभित्रका सबै पुरुषलाई देश छोडेर जान प्रतिवन्ध लगाइएको जानकारी दिए । यो नियम मार्शल ल लागू हुने अवधिभर रहन्छ । 

-अमेरिका र ब्रिटेनले रुसमा कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । दुवै देशले रुसको मद्दत गर्नका लागि बेलारुसमा पनि प्रतिबन्ध लगाएका छन् । 

-अमेरिकाले डलरको व्यवसाय गर्नका लागि रुसको क्षमता सीमित गरिदिएको छ । साथै, रुसी बैंकहरुमा पनि प्रतिबन्ध लगाउने योजना बनाएको बीबीसीले जनाएको छ । 

-विश्वका सात ठूला अर्थव्यवस्थाका संगठनहरु जी७ देशका नेताहरुले डलर, युरो, पाउण्ड र येन व्यवसाय गर्ने रुसको क्षमता सीमित गरिदिने बताएका छन् । 


-युरोपियन संघका वरिष्ठ अधिकारीहरुले रुसको सम्पत्ति फ्रिज गर्ने र युरोपियन बित्तिय बजारमा रुसका बैंकहरुको पहुँच रोकिदिने जानकारी दिएको छ । 

-अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना युक्रेनका लागि नलड्ने बताएका छन् । तर, उनले नेटोका सदस्य देशको रक्षा गर्ने बताए । पूर्वी युरोपको संगठन सदस्य देशहरुमा लात्विया, इस्टोनिया, लिथुआनिया, पोल्याण्ड र रोमानिया जस्ता मुलुकहरुमा नेटोका हजारौँ सैनिक तैनाथ गरिएको छ । 

-युरोपियन संघका महासचिव जेन्स स्टोल्टनबर्गले नेटोले आफ्ना पूर्वी छोरमा १०० लडाकु विमान सतर्क अवस्थामा राखेको जानकारी दिए । अहिले नेटोले आफ्ना सैनिक युक्रेनमा सैन्य टुकडिन्यामा पठाउने योजना नभएको बताएको छ । 
चेर्नोबिल आसपास रुस र युक्रेनका सेनाबीच युद्ध भइरहेको खबर आइरहेको छ । अन्तराष्ट्रिय परमाणु उर्जा एजेन्सी आईएईएले परमाणु राखिएको स्थानको सुरक्षालाई लिएर ‘अत्यधिक संयम’ हुन जरुरी भएको बताएको छ । युक्रेनको चेर्नोबिल परमाणु केन्द्रमा रुसले कब्जा गरेको पनि खबर आएको छ । 

-युक्रेनको अर्को सबैभन्दा ठूलो शहर खारबीएफमा रुस र युक्रेनका सेनाबीच लगातार गोलाबारी भइरहेको स्थानीयले बताएका छन् । 

-रुसले युक्रेनका सैन्य अड्डादेखि एयरपोर्टमा हवाई हमला गरिरहेको छ । युक्रेनका सेनाले रुसले छ रुसी लडाकु विमान खसालेको जानकारी दिएको छ । यद्यपि, रुसले भने ७० सैन्य अड्डा ध्वस्त बनाएको बताएको छ । 

-युक्रेनका नागरिकहरु ठूला शहरमा शरण लिनका लागि आफू बसिरहेको शहर छोड्ने प्रयास गरिरहेका छन् । यसबीचमा हजारौँ मानिसहरु कीएफ छोडिरहेका छन् । 

-युक्रेनका राष्ट्रपतिले देशबासीहरुलाई रक्षा गर्ने बचन दिँदै सबै इच्छुकहरुलाई हतियार दिने आश्वासन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप