बालसंसार

कश्यपको कथा : धूर्त ज्योतिषको करामत

person explore access_timeफागुन १३, २०७८ chat_bubble_outline0

 धेरै पहिलेको कुरा हो । एउटा गाउँमा एक जना धूर्त ज्योतिष बस्थे । ज्योतिषको नाममा ज पनि जान्दैनथे । तैपनि चिनाटिप्पन हेरे जस्तो गरी ठगीधन्दा चलाउँदै आएका थिए । केही वर्षसम्म त उनको धन्दा राम्रै चल्यो तर झुट कहाँ सँधै टिक्थ्यो र । बिस्तारै गाउँलेहरूले उनको धूत्र्यार्इँ थाहा पाए र फुटोको आँखाले पनि हेर्न छाडे । आफ्नो पेशा सुक्दै गएपछि उनले अर्को चलाखी गर्दै केही आफन्तलाई गाउँगाउँमा प्रचार गर्न खटाए । प्रचारकहरू विभिन्न स्थानमा पुग्थे र त्यहाँको समस्या पत्ता लगाई सहयोगीजस्तो बनेर समाधानका लागि ज्योतिषकहाँ जाने सल्लाह दिन्थे । 


समय बित्दै गयो । ज्योतिषको पेशा पनि जेनतेन चली नै रह्यो । त्यस्तैमा एकदिन एक सज्जन दम्पती केही आशा लिएर उनी कहाँ आए । उनीहरू अलिहेसम्म पनि सन्तान नभएकाले दुःखित थिए । त्यसैले कुनै उपाय लाग्छ कि भनेर आएका थिए ।



उनीहरूलाई देख्ने बित्तिकै जोतिषले मुसुक्क हाँस्दै भने–



सन्तान नभएर चिन्तित हुनुहुन्छ होइन ? अनुहार हेर्दा त्यस्तै लाग्छ नि ।’

ज्योतिषको कुरा सुन्ने बित्तिकै सज्जन दम्पती मुखामुख गर्न लागे । उनीहरूलाई लाग्यो अनुहार हेरेरै समस्या पत्ता लगाउने ज्योतिष पक्कै जान्ने हुनुपर्छ । ज्योतिषका सहयोगी गाउँगाउँ घुमी समस्या पत्ता लगाई उनीकहाँ जान सिफारिस गर्ने गरेका कुरा विचरा सज्जन दम्पतीलाई थाहै थिएन ।

‘हो ज्योतिषीबाजे ! ठीकै भन्नुभयो ।’ सज्जन दम्पतीले मलीन अनुहार लगाउँदै भने–

‘हामी सन्तानको अभाव निकै दुःखी छौँ । जानेबुझेजति सबै गरियो । जान्नेसुन्ने पनि लगायो । धामीझाँक्री पनि राखियो, रुद्री पुटी त कति गरियो कति । तैपनि सन्तान सुख प्राप्त भएन । किन यस्तो भएको होला बताइदिनुभए आभारी हुनेछौँ ।’

ठीक छ, ठीक छ, चिन्ताको कुनै कारण छैन । आत्मप्रशंसा गर्दै ज्योतिषले भने–

‘अहिलेसम्म तपाईँहरू जस्ता कयौँका समस्या समाधान गर्दै आएको छु भने तपाईँको मात्र के कुरा भयो र ।’

त्यसपछि ज्योतिषी चिना हेरेको जस्तो गर्न लागे । सज्जन दम्पती ज्योतिषको उत्तरको प्रतीक्षा गर्न । निकैबेर चिना हेरेपछि ज्योतिषले लामो सास फेर्दै भने–

‘समस्या पत्ता लाग्यो । गाँठो कडै रहेछ ।’

ज्योतिषको कुरा सुनेर उत्सुकतापूर्वक सज्जन दम्पतीले भने–

‘के होला त्यस्तो गाँठो ज्योतिषीजी ! हामी जे गर्न पनि तयार छौँ । जसरी भए पनि फुकाइदिनुप¥यो ।’

‘ठीकै छ, त्यति आत्तिहाल्नुपर्ने अवस्था पनि छैन ।’ दुनो मुख मिठ्याउँदै ज्योतिषले भने–

‘अघिल्लो जन्ममा तपाईँहरूले कसैको घरजग्गा हडप्नुभएको रहेछ । त्यसैले सन्तान नभएका हुन् । यदि सन्तान प्राप्त गर्ने नै हो भने एउटा नयाँ घर बनाएर दान गर्नुपर्छ । अन्यथा अर्को जन्ममा त कुन्नि, यस जन्ममा सन्तान प्राप्त हुने ग्रह देखिन्न ।’

ज्योतिषको कुरा सुनेर सज्जन दम्पत्ती झसङ्ग भए । जिन्दगीभरको कमाईले बल्ल एउटा घर बनाउन सकिएको छ । बुढेसकालमा कसरी नयाँ घर बनाएर दान गर्ने । फेरि ज्योतिषको भनाइ अनुसार अर्को उपाय पनि थिएन । त्यसैले उनीहरू भारी मनले हेरौँ कसो हुन्छ भन्दै उठे ।

‘यही घरको पो दान गर्नुपर्छ कि भुन्टी !’ घरमा पुगेर सज्जनले श्रीमतीको राय बुझ्न खोज्दै भने–

‘अर्को घर बनाउन सक्दैनौँ । सुनिहाल्यौ ज्योतिषको कुरा घरै दान गर्नुपर्छ रे, त्यो पनि नयाँ । त्यसैले यही घर दान गरौँ कि जस्तो लागेको छ । तिमी के भन्छ्यौ ?’

‘यही घर दान गर्ने रे ?’ श्रीमानको कुरा सुनेर झस्किँदैै श्रीमतीले भनिन्–

‘बल्लबल्ल एउटा घर बनाइएको छ । त्यो पनि दान गरेपछि कहाँ बस्ने ?’

‘कुरो त हो तर ?’ एकैछिन रोकिएर श्रीमानले भने–

तिमीले भनेको पनि ठीकै हो तर घर दान नगरी सन्तानै हुँदैनन् भने त्यो पनि सोच्नुपर्छ कि जस्तो लाग्छ । सन्तानै छैन भने यही घरको पनि के काम । आखिर हामी मरेपछि भोग्ने अरूले नै हुन् । भरेको कुरा भरे । जसो होला त्यस्तै टर्ला । सन्तान भए भरे उसले पनि कमाउला । नभए पनि एउटा जीवन जहाँ बसेर पनि बिताउन सकिन्छ ।’

श्रीमानको कुरा श्रीमतीलाई ठीकै लाग्यो । उनीहरूले घर मर्मत गरी नयाँजस्तो बनाएर  दानमा गर्ने विचार गरे । यो कुरा पल्लो गाउँका चतुरे (चतुर्भुज शर्मा) ले थाहा पाएछन् र एक दिन बिहानै आएर त्यसको कारण सोधे । सज्जन दम्पतीले जो भएको बेलीबिस्तार लगाए । उनीहरूका कुरा सुन्नासाथ चतुरेले थाहा पाइहाले दालमा केही कालो छ भन्ने कुरा । त्यसपछि उनले केही सोचेजस्तो गर्दै भने–

‘यो त राम्रो कुरा । तर घर दानको सवाल छ, लिने मानिस सत्पात्र हुनुपर्छ । नत्र दान निस्फल हुन्छ भन्ने शास्त्र वचन छ । त्यसैले सबैले देख्ने स्थानमा ‘यो घर दानमा छ, यदि कोही आफ्नो सम्पत्तिसन्तुष्टबाट सन्तुष्ट हुनुहुन्छ भने कृपा गरी दान लिन आउनुहोला’ भन्ने व्योहोराको सूचना टाँस्नुहोला । अनि जोजो आउँछन् उनीहरूलार्ई सोध्नुहोला कि तपाईँ आफ्नै सम्पत्तिसँग सन्तुष्ट त हुनुहुन्छ भनेर । जोजसले सन्तुष्ट छु भन्नेछन् उनीहरूलाई फेरि सोध्नुहोला कि आफ्नै सम्पत्तिबाट सन्तुष्ट हुनुहुन्छ भने किन दान लिन आउनु भएको त भनेर । अनि जसले चित्त बुझ्दो जबाफ दिन्छन् त्यही व्यक्तिलाई  दान दिनुहोला ।’

यति भनेर चतुरे हिँडे । सज्जन दम्पत्तिले त्यसै गरे तर भइदियो के भने दान लिन आउने व्यक्ति कोही भएनन् । जोजो आउँथे सबै सूचना हेर्दै फर्कदै गर्ने गर्थे । दान लिने व्यक्ति कोही पनि नआएपछि सज्जन दम्पतीले चतुरे समक्ष गएर गुनासो गरे । चतुरेले पनि ज्योतिषको धुत्र्याईँको बेलिबिस्तार लगाउँदै तपाईंहरूलाई बेघरबार हुनबाट बचाउन यसो गरिएको हो भन्ने उत्तर दिए । बल्ल सज्जन दम्पतीको आँखा खुल्यो । त्यसपछि कसैको भनाइमा लागेर कहिल्यै त्यस्तो जोखिम उठाउने काम गरेनन् ।    

   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।