शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांग्रिला बैंकको ११०औं शाखा बर्दियाको जयनगरमा

शुक्रबार, १३ फागुन २०७८, ११ : ३९
शुक्रबार, १३ फागुन २०७८

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ११० औं शाखा बर्दिया नगरपालिका वडा नं.६ जयनगर(मगरागढी) मा संचालनमा ल्याएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यले जयनगरमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 

शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु (कबिर) र बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाईद्वारा गरिएको हो । बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । साथै, बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानहरुमा थप शाखा कार्यालय विस्तार गर्ने योजनासमेत बनाएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप