
नेपाली पात्रोको सिइओमा देवकोटा

नेपालको पहिलो मोबाइल एप ‘नेपाली पात्रो’ को सिइओमा सन्तोषकुमार देवकोटा नियुक्त भएका छन् । देवकोटा फेब्रुअरी १३ तारिखमा नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त भएका हुन् ।
विसं. २०५६ सालबाट वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’ बाट सञ्चार क्षेत्रमा प्रवेश गरेका देवकोटा एक दशकदेखि डिजिटल मिडिया क्षेत्रमा सक्रिय रहँदै आएका छन् । २०६३ सालमा सर्वप्रथम फेसबुक एपमार्फत सार्वजनिक भएको नेपाली पात्रो २०६६ सालमा गुगल प्लेस्टोर एन्ड्रोइड तथा एप्पल एप स्टोरमार्फत सार्वजनिक गरिएको थियो ।
नेपाली तथा अंग्रेजी भाषा समेतका नेपालका महत्वपूर्ण अनलाइन समाचार श्रोत आवद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरुलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ