सप्तकोशी बैंक घोटाला प्रकरण : पुर्पक्षका लागि ३ जना जेल चलान

१५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका विराटनगरस्थित सप्तकोशी बैंकका तीनजना कर्मचारी पुर्पक्षका लागि जेल चलान भएका छन् । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजलाशले उनीहरुलाई जेल चलान गरेको हो । जेल चलान हुनेहरुमा सप्तकोशी बैंकका तत्कालीन सिइओ नविन सुवेदी, बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्टका प्रमुख हिमाल भट्टराई रहेका छन् ।
बैंकका अपरेसन प्रमुख अमित थापामगरलाई भने दुई लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिइएको छ । अदालतको आदेशपछि सुवेदी, भण्डारी र भट्टराईलाई मोरङ कारागार पठाइएको छ । सप्तकोशी बैंकबाट सुवेदीको योजनामा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा बैंकका ९ जना कर्मचारी र ३ जना खातावाला गरि १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा मंगलबार मुद्दा दर्ता भएको थियो ।
‘बैकिङ कसुर’ मुद्दामा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार १२ जना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दामा सप्तकोशी बैंकको अपचलन भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ बैंकलाई भराइदिनुपर्ने सोही बराबर प्रतिवादीलाई जरिवाना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजाय माग दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?
-
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित
-
लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित
-
ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ: देउवा
-
कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौंः मुख्यमन्त्री आचार्य