१०५ दिनपछि प्रदेश १ प्रदेशसभा बैठक बस्दै
साढे तीन महिनापछि बस्न लागेको प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ । प्रदेशसभाको बैठक १०५ दिनपछि भोलि (आइतबार)का लागि तय भएको छ ।
बैठकको कार्यसूचीसमेत तय भइसकेको संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सूचना अनुसार भोलिको प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुनेछ । यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दलहरूले नामकरणको विषयमा सहमति गरेर यही अधिवेशनमा प्रदेशसभामा दर्ता गर्ने दाबी गर्दै आएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मङ्सिर १ गते स्थगित भएको प्रदेशसभा बैठक बिजनेस अभावमा लामो समय स्थगित भएको हो । प्रदेशसभा भोलिदेखि सुरु हुने भनिएको भए पनि वर्तमान सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि विधेयक दर्ता गराएको छैन । प्रदेशसभामा यसअघि नै दर्ता भएको अर्थ विधेयक र प्रतिष्ठान विधेयक विचाराधीन छ ।
दुई वटा विधेयकमा छलफल हुँदासम्म सञ्चार संस्था व्यवस्थापन गर्न बनेको विधेयक तयार गर्ने सरकारको तयारी छ । यसअघि उक्त विधेयकको मस्यौदाबारे सरोकारवालासँग सरकारले छलफल गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि प्रदेशसभा बैठक सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिएको छ । उसले संसद्लाई बन्धक बनाउनु राम्रो नभएको भन्दै सरकारको आलोचना पनि गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण