बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय

युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध

शनिबार, १४ फागुन २०७८, २१ : ३८
शनिबार, १४ फागुन २०७८

युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ । युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो । 

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गर्नु भएको समाचारमा जनाइएको छ ।  “अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उनले भने । 

उनले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेवारी निर्वाह गर्न युक्रेन तयार छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप