बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विरोधबीच अघि बढ्यो एमसीसी (फोटोफिचर)

आइतबार, १५ फागुन २०७८, १५ : ४७
आइतबार, १५ फागुन २०७८

प्रतिपक्षी दल एमालेको होहल्लाका बीच अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफल अघि बढेको छ ।  आइतबारको संसद् बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।  जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो । 

सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमाले नेता भीम रावललगायतले आफ्नो धारणा राखेका छन् । उनीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने गठबन्धनको निर्णयको विरोध गरेका छन् । 

बैठक जारी रहँदा एमालेले अवरोध सहित नाराबाजी गरिरहेको छ।  यस्तै नेमकिपा, जनमोर्चाका सांसदले पनि विरोध गरेका छन् । सत्तारुढ दलकै पनि केही सांसदले विरोध गरेका छन् भने विरोध र विवादका बीच एमसीसी अघि बढाइएको हो । एमालेले एमसीसीको विरोध गर्दै संसद् अवरोध भने गरेको होइन । उनले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै अवरोध गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप