शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नामका कारण विवादमा परेका बलिउडका ६ फिल्म

सोमबार, १६ फागुन २०७८, १३ : २७
सोमबार, १६ फागुन २०७८

आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई  काठियावाडी’ ले अहिले दर्शकको मन जितिरहेको छ । रिलिज अगाडि फिल्मको नामलाई लिएर अनेक विवाद  भएको थियो । गंगुबाईका परिवारले उनको छवि बिगारेको आरोप लगाएका थिए, भने फिल्मको नाम समेत परिवर्तनको आवाज उठेको थियो । तर पनि फिल्म रिलिज भयो । बलिउडमा फिल्मको नाम र कथामा विवाद भएको यो पहिलो होइन । यस अगाडि पनि केही फिल्मको विषयमा विवाद उत्पन्न भएका थिए । ति फिल्म यस्ता छन् ।

लक्ष्मी : अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष्मी’ को सुरुमा नाम ‘लक्ष्मी बम्ब’ रहेको थियो । नाममा विवाद उत्पन्न भएपछि फिल्मको ‘लक्ष्मी’ राखिएको थियो । धेरैले देवी लक्ष्मीको नाममा बम्ब जोडिएको भनेर बिवाद निकालेका थिए । त्यसपछि फिल्मको नाम परिवर्तन गरेर लक्ष्मी राखिएको हो ।

पद्यावत : संजय लीला भंसालीको फिल्म ‘पद्यावत’ अहिलेसम्मकै सबैभन्दा बढी बिवादित फिल्म मध्यको एक हो । फिल्मको कथा र नामलाई सर्वसाधारणले विवादको बिषय बनाएका थिए । विवादका कारण निर्माण युनिटले फिल्मको नाम ‘पद्यावती’ बाट ‘पद्यावत’ राखेर रिलिज गरेको थियो । फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुरको मुख्य भुमिका थियो ।

गोलियोकी रासलीला – रामलीला : संजय लीला भंसालीको निर्देशन रहेको फिल्म ‘गोलियो की रासलीला– रामलीला’ नाम पनि विवादमा मुछिएको थियो । फिल्म राम र लीला नामका दुई पात्रको प्रेमकथामा बनेको थियो । फिल्मको नाम पहिले रामलीला राखिएको थियो । सर्वसाधारणले नाको बिषयमा विरोध गरपछि रिलिज अगाडि गरेर ‘गोलीयोका रासलीला –रामलीला’ राखियो । 

जजमेन्टल है क्या : कंगना रनौत र राजकुमार रावको फिल्म ‘जजमेन्टल क्या है’का नाम पहिले ‘मेन्टल क्या है’ राखिएको थियो । नामलाई मेन्टल हेल्थमा काम गर्ने मानिसहरुले आपत्ती जनाएपछि नाम परिवतर्न गरिएको थियो ।

लवयात्री : फिल्मको नाम पहिले ‘लव रात्री’ थियो । पोष्टर सार्वजनिक भएलगतै फिल्मको नामका लागि विवाद उत्पन्न भयो । फिल्मको नामलाई लिएर अभिनेता सलमान खानको बिरुद्ध धार्मिक भावनामाथी खेलबाड गरेको आरोप समेत लाग्यो । त्यसैले फिल्मको नाम ‘लव रात्री’ बाट ‘लवयात्री’ राखियो ।

बिल्लु : शाहरुख खान, इरफान खान र लारा दत्ताको अभिनय रहेको फिल्म ‘बिल्लु’ को नाम पहिले बिल्लु बारबार राखिएको थियो । फिल्मको नामलाई लिएर नाई समुदायले बिरोध गरेपछि नामबाट बारबार शब्द हटाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप