शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मार्च २०२२ : यस्ता छन् बलिउडमा रिलिज हुने ठुला फिल्म

सोमबार, १६ फागुन २०७८, १४ : ४५
सोमबार, १६ फागुन २०७८

बलिउडमा लागि मार्च २०२२ निकै विषेश हुने देखिएको छ । यो महिना अमिताभ बच्चन, अक्षयकुमारदेखि प्रभाससम्मको फिल्म रिलिज हुँदैछ । हरेक हप्ता ठुला कलाकारको फिल्मले दर्शकले हेर्न पाउनेछन् । जसमा जीवनीदेखि रोमान्टिक र हरर जनरासम्म देख्न सकिनेछ ।

मार्च महिनाको सुरुवात अर्थात ४ मार्चमा अमिताभ बच्चन, आकाश ठोसर लगायत अभिनित फिल्म ‘झुन्ड’ रिलिज हुँदैछ । फिल्म सामाजिक कार्यकर्ता विजय बरसेको जीवनमा आधारित छ । त्यस्तै ‘राधे’ प्रभास र पूजा हेगडेको मुख्य भूमिका रहेको फिल्म हो । ११ मार्च २०२२ रिलिज हुने फिल्म रोमान्टिक फिल्म हो ।

फिल्म ‘द कश्मिर फाइल्स’ पनि ११ मार्चमा रिलिज हुने फिल्म हो । मिथुन चक्रवर्ती र अनुपम खेर अभिनित फिल्म थ्रिलर विषयमा निर्माण भएको हो । यस्तै ‘बच्चन पाण्डे’ र ‘आरआरआर’ पनि मार्च महिनामै रिलिज हुने फिल्म हो । ‘बच्चन पाण्डे’ १८ मार्चमा रिलिज हुँदैछ । फिल्ममा अक्षयकुमार, ज्याकलिन फर्नाडिस, कृति सेनन लगायतको अभिनय छ । फिल्मले एक्सन र कमेडीका विषय समेटेको छ । 

‘आरआरआर’ भने जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजयदेवगन लगायको अभिनय रहेको फिल्म हो । एक्सन विषयमा निर्माण भएको फिल्म २५ मार्चमा रिलिज हुँदैछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप