पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
सोमबार, १६ फागुन २०७८, १६ : ३२

पाल्पा रम्भा गाउँपालिका–१ हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा रम्भा गाउँपालिका–१का १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।
न्यौपानेको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ। हुँगीबाट हुँदै रामपुरतर्फ जाँदै गरेको भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने रामपुर नगरपालिका–१० का २५ वर्षीय उमाकान्त चापागाईँ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । दुर्घटनाका वारेमा प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम
-
निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू
-
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
-
मिनभवनस्थित गणेश अवालेको जग्गा वैद्य माओवादीद्वारा कब्जा
-
नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन सम्पन्न : पार्टीको तल्लो तहलाई बलियो बनाउन माग
-
शमशेर मियाँसमेत ४ जनालाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै