जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । तीन दिनदेखि जारी बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए । केन्द्रीय समितिको बैठक बस्नुअघि फागुन २८ गते जसपा संघीय परिषद्को बैठक बस्नेछ ।
विधान संशोधनका लागि असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए । स्थानीय तहको निर्वाचन निर्देशिका समिति पनि गठन गरेको छ । सो समितिमा कार्यकारिणी सदस्यहरू हिसिला यमी, मनिष सुमन र नवराज सुवेदीलाई राखिएको छ । त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा पार्टीको समायोजन फागुन मसान्तमा गर्ने निर्णय समेत भएको छ ।
पार्टीमा कार्यविभाजन, रिक्त पदपूर्तिलगायतको विषयमा भोलिदेखि छलफल हुने बताइएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले विधानमा व्यवस्था भए अनुसार दुईजना कार्यकारी अध्यक्ष राख्नुपर्ने प्रस्ताव राख्दै आएका छन् । जसपाको अन्तरिम विधानमा दुईजना अध्यक्षको व्यवस्था गरिएको छ ।
तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण हुँदा बनेको जसपामा दुईजना अध्यक्षको व्यवस्था गरिएको थियो । महन्थ ठाकुर जसपाबाट अलग भएपनि सो विधान संशोधन गरिएको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव एकजना मात्र अध्यक्ष राख्ने पक्षमा छन् । उनी विधान अधिवेशन गरेर विधानबाट दुईजना अध्यक्ष राख्ने प्रावधान हटाउने पक्षमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध
-
पटक पटक पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा मन्त्रीलाई दोस्रो पटक स्पष्टीकरण
-
धादिङका स्थानीय तह प्रमुख र उपप्रमुखहरूसँग कृषिमन्त्रीले गरे छलफल