शिवरात्रिको पूर्वसन्ध्या पशुपतिमा भीड
शिवरात्रिको अघिल्लो दिन पशुपति क्षेत्रमा भक्तजनहरूको चहलपहल बढेको छ । महाशिवरात्रिको अघिल्लो दिन अघिपछि भन्दा भक्तजन र साधुसन्त तथा बाबाहरूको उपस्थिति बढी देखिएको हो ।
शिवरात्रिको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत साधुसन्त तथा बाबाहरूको उपस्थिति हुने गरेको छ । यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ। यसैगरी नागा बाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा सहज दर्शनका लागि व्यवस्थापन चुस्त बनाएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । उनले आजसम्म लगभग १५ हजार जना साधुसन्त आइसकेको र यो सङ्ख्या भोलिसम्म ५० हजारसम्म पुग्ने क्षेत्र विकास कोषको अनुमान रहेको बताए । त्यस्तै १० लाख दर्शनार्थीहरुले शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्ने पनि बताए ।
कार्यकारी निर्देशक खतिवडाले भने, ‘काम ९५ प्रतिशत सकिसकेको छ, भोलिसम्म नै काम भइरहन्छ, अहिलेसम्म १५ हजार लगभग साधुसन्तहरु आइसकेको र यो सङ्ख्या ५० हजारसम्म पुग्ने अनुमान रहेको छ, त्यस्तै १० लाख भन्दा धेरै भक्तजनहरू दर्शनका लागि आउने अनुमान गरेका छौँ भने ट्राफिक व्यवस्थापन पनि हामीले गरेका छौँ । भोलि चाबहिलदेखि एयरपोर्टसम्म नै यातायात अवरुद्ध हुन्छ ।’
क्षेत्र विकास कोषले अहिलेसम्म भोलि महा शिवरात्रिका लगभग सबै काम सकिएको बताएको छ । महाशिवरात्रिका लागि पशुपति परिसर फूलमालाहरुले सजाइएको छ भने झिलिमिली बत्तीहरूले झकिझकाउ बनाइएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण