शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिव अवतारमा सरिता

मङ्गलबार, १७ फागुन २०७८, १० : ५५
मङ्गलबार, १७ फागुन २०७८

गायनमा सक्रिय रहँदै आएकी सरिता भारतीले शिवरात्रिलाई लक्षित गरेर शिव अवतारमा फोटो सेसन गरेकी छिन् । उनले शिवको महिमा बुझाउने उदेश्यले यस्तो फोटो सुट गरेकी हुन् । करिव पाँच वर्ष अघि ‘मेरो जवानी...’लोक पप गीतबाट गायन सुरु गरेकी उनका ‘लुँडो र तास..’., ‘पहिलो भेटमै.’.., ‘यसपालिको दशैं.’.., ‘रातो सारी लरक्कै’ लगायत बोलका गीत बजारमा आएका छन् । 

गायिकाले शिव अवतारमा तस्बिर फोटो पत्रकार बद्री थापाले खिचेका हुन् । उनलाई शिवको रुपमा चेली मेकअप स्टुडियोकी मेकअप आर्टिस्ट बिना रानामगरले तयार गरेकी हुन् । शिवरात्रिको अबसर पारेर यो फोटो सुट गरिएको गायिका सरिता भारतीले बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप