शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा ओइरिए भक्तजन, २० तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, १७ फागुन २०७८, १७ : ३३
मङ्गलबार, १७ फागुन २०७८

महाशिवरात्रि पर्वको अवसरमा राजधानीको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ।  बिहानैदेखि दर्शनार्थीहरू दर्शनका लागि पुगेकामा दिउँसो थप भीड लागेको हो । 

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । आज पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५०० सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको सुरक्षा उपसमिति संयोजकसमेत रहेका कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप