शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाका आठ विद्यालयलाई एक्काइस सय झोला सहयोग

बुधबार, १८ फागुन २०७८, १५ : ३०
बुधबार, १८ फागुन २०७८

एसएस फाउन्डेसनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १००  झोला आज हस्तान्तरण  गरेको छ । बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी,  क्षमावती मावि, भीमेश्वर, शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि, बिगु–३, बुलुङ्गलाई प्रदान गरिएको हो ।

उक्त विद्यालयका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण गरेका हुन् । उनले उक्त विद्यालयका लागि झोला लगेर वितरण गर्ने बताइएको छ ।

राप्रका पूर्वअध्यक्ष राणाले फाउन्डेसनले शिक्षा र विद्यालयमा पढ्ने बालबालिकाका लागि स्कुल झोला वितरण गरेर राम्रो सहयोग गरेको र आगामी दिनमा  यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह गरे । फाउन्डेसनका अध्यक्ष तथा वरिष्ठ कलाकार  मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ । फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । यसअघि एसएस फाउन्डेसनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित  झिमे मालिका विद्यालयलाई पनि ८०० झोला वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप