देउवा र प्रचण्डबीच भेटवार्ता
बुधबार, १८ फागुन २०७८, १५ : ३३

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच भेटवार्ता भएको बताए । उनले भेटवार्ता नियमित भएको बताउँदै थप विषय खुलाउन चाहेनन् ।
एमालेले सभामुखलाई महाभियोग लगाउनेसम्मका चेतावनी दिइरहेको बेला देउवा र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आजै देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच पनि भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमै नेपालको जडित क्षमता २८ सय मेगावाट पुग्छ : कुलमान घिसिङ
-
प्रधानन्यायाधीशलाई ५ नम्बरको मर्यादाक्रममा राख्ने विधेयकप्रति बारको आपत्ति
-
निजामती अस्पताल र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, ताला तोडियो
-
गठबन्धन परिवर्तनको एक महिना : सत्ता सहयात्री सिंहदरबार बाहिरै
-
उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने
-
तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय, कमाण्डर तोकियो