बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

रुसका विदेशमन्त्रीले भने, ‘तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुनेछ’

बुधबार, १८ फागुन २०७८, १६ : ३८
बुधबार, १८ फागुन २०७८

रुसले युक्रेनलाई परमाणु हतियार हासिल गर्न नदिने त्यहाँका विदेशमन्त्री सर्गेई लावरोफले बताएका छन् । उनले तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणुयुक्त हुने चेतावनी पनि दिएका छन् । युक्रेनसँग कुराकानी बारे  लावरोफले रुस युक्रेनसँग दोस्रो चरणको वार्ताका लागि तयार भएको तर युक्रेन अमेरिकाको इशारामा चलिरहेको बताएका छन् ।

मंगलबार लावरोफले भनेका थिए, ‘युक्रेन परमाणु हतियार हासिल गर्ने कोसिस गर्दै आएको छ । यो एक ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ ।’

उनले भनेका थिए, ‘युक्रेनसँग अहिले पनि सोभियत न्यूक्लियर टेक्नोलोजी छ । त्यसैले रुसले यो खतरालाई सफलतापूर्वक जवाफ दिनुपर्नेछ ।’ लावरोफले युक्रेनको परमाणु हतियार हासिल गर्ने कोसिसलाई रुसले रोक्ने पनि बताएका छन् ।

पछिल्ला दिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो परमाणु बललाई विशेष अलर्टमा राख्न आदेश दिएका थिए । यसको अमेरिकासहित थुप्रै देशले आलोचना गरेका थिए । तर युक्रेनमाथि सैनिक कारवाही सुरु गर्ने बेला पुटिनले यदि युक्रेनको मामिलामा कुनै बाहिरी देशले दखल दिए उसले गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप