शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेरक प्रसङ्ग :  ‘समाजका लागि बाँच्नेहरू मरेर पनि बाँचिरहेका हुन्छन्’

बुधबार, १८ फागुन २०७८, १८ : २५
बुधबार, १८ फागुन २०७८

१, फोस्रो इज्जत, रवाफ र धाक लगाएर हिड्नु भनेको आफैँलाई ठग्नु हो । योभन्दा निन्दनीय काम अर्को हुँदैन । महाकवि लक्ष्मीप्रसाद देवकोटा

२, जोजो मानिस असल छन् उनीहरूसँग असल व्यवहार गर्नुपर्छ । जोजो मानिस असल छैनन् उनीहरूसँग पनि असलै व्यवहार गर्नुपर्छ । ताकि असल कुरा सबै ठाउँमा पुगोस् । त्यस्तै जोजो मानिस इमानदार छन् उनीहरूसँग इमानदार हुनुपर्छ । जोजो मानिस इमानदार छैनन् उनीहरूसँग पनि इमानदार नै हुनुपर्छ ताकि इमानदारिता पनि सबै ठाउँमा पुगोस् । चिनियाँ दार्शनिक लाओत्से

३, जो मानिस आफू र आफ्ना लागि मात्र बाँचेका हुन्छन् उनीहरू बाँचेर पनि मरिरहेका हुन्छन् तर जो मानिस समाजका लागि बाँचेका हुन्छन् उनीहरू मरेर पनि बाँचिरहेका हुन्छन्  । भारतीय समाजसेवी अन्ना हजारे

४, साथमा हुने भएकाले नै साथी भनिएको हो । त्यसैले उज्यालोमा एक्लै हिँड्नुभन्दा अँध्यारोमा साथी लिएर हिँड्नु उत्तम हुन्छ । ताकि परेको बेला सहयोग लिन सकियोस् । हेलेन किलर

५, युवकहरू विचार गर्नमाभन्दा आविष्कार गर्नमा, सल्लाह गर्नमाभन्दा काम गर्नमा र परम्परागतरूपमा चलिआएको कुरा गर्नमाभन्दा नयाँ परिकल्पना गर्नमा योग्य हुन्छन् । फ्रान्सिस बेकन​

६, धनसम्पत्ति कोठामै रहन्छन्, बस्तुभाऊ गोठमै रहन्छन्, बन्धुबान्धव मशानघाटसम्म पुगेका हुन्छन् भने शरीरले चितासम्म मात्र साथ दिन सक्छ । अन्त्यकालमा साथमा जाने भनेको पाप र धर्म मात्र हो । त्यसैले सदैवमा धर्ममा ध्यान दिनुपर्ने हुन्छ । नीतिश्लोक​

७, काठको टुक्रालाई उचालेर छाड्दा तलतिर झर्छ तर त्यसैलाई जलाएर खरानी बनाउने हो भने माथितिर उँड्न थाल्छ । त्यसैले माथि उठ्न चाहने हो भने हलुका हुन सिक्नुपर्छ । सत्यसाइ बाबा

८, जतिसुकै प्रिय भए पनि अहित गर्ने कुरा छ भने भन्नुहुँदैन तर हित गर्ने कुरा छ भने जति नै अप्रिय भए पनि भन्दै हिँड्नु राम्रो हुन्छ । विष्णुपुराण

९, केही पनि काम नगरेर बिताएको जीवनभन्दा गल्ती गरेर बिताएको जीवन उत्तम हुन्छ । जर्ज बनार्ड शा

१०, सुन्दरता बाहिर होइन आफैँभित्र खोज्ने गर्नुपर्छ । किनकि आफूभित्र सुन्दरता छैन भने संसारभर खोज्दै हिँडे पनि कतै पाउन सकिन्न । इमर्सन

११, मानिसको आचारणले नै ऊ कुलीन वा अकुलीन, सुरवीर वा कायर र पवित्र वा अपवित्र के हो भन्ने कुरा बताइरहेको हुन्छ । महर्षि वाल्मीकि

स्रोत -विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप