बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ

बिहीबार, १९ फागुन २०७८, ०७ : २२
बिहीबार, १९ फागुन २०७८

नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति  दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो  समय ओमिक्रोनको जोखिम  बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका  नेपाली  युवाको उडान अनुमतिमा  ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

उनले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिए । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध्ये हालसम्म एक  हजार  आठ  युवाको दोहोरो श्रम सम्झौता सम्पन्न भएको छ । दोहोरो श्रम सम्मझौता  भएका मध्ये छ सयभन्दा बढी युवा  इजरायल जाने प्रतीक्षामा रहेका छन्  भने  करिब चार सय युवा इजरायल पुगिसकेका छन् ।

विभागका महानिर्देशक पौडेलले इजरायलमा रोजगारका लागि छनोट भएका श्रमिकको  भिसा प्रक्रियाका लागि श्रमिकको विवरण इजरायलको जनसङ्ख्या तथा अध्यागमन कार्यालय र नेपालस्थित इजरायली दूतावास पठाउने र त्यहाँबाट भिसा  प्रक्रियाको काम भइरहेको बताए । उनका अनुसार हाल इजरायलमा त्यहाँका श्रमिकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका कारण उडान केही ढिलाइ भएको  छ । इजरायलको रोजगारीमा नेपाल पक्षबाट भने सबै काम निरन्तर भइरहेको महानिर्देशक पौडेलको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप