अमेरिकाले पुटिनलाई भन्यो– युक्रेनमा तत्काल रक्तपात रोक
विहीबार, १९ फागुन २०७८, १४ : ५०

अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई सो आह्वान गरेको हो ।
विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर ‘मिडिया स्वतन्त्रता र सत्यमा पूर्ण आक्रमण’ गरेको आरोप पनि लगाएको छ ।
रुसको ट्विटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि छुरी धसेकोसमेत अमेरिकाले आरोप लगाएको छ । रुसी सेनाले युक्रेनको एउटा सहरलाई कब्जा गरेको दर्जनौँको मृत्यु भएको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले विज्ञप्ति जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गल्याङले नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै
-
मायाखोलाको आईपीओ बाँडफाँट, करिब १० लाख आवेदकको हात खाली
-
चिकित्सा शिक्षा पढ्न विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिन कडाई
-
सङ्कटमा रहेको घडियाल गोहीको संरक्षण गर्दै बाँके राष्ट्रिय निकुञ्ज
-
राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय !
-
सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस