बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी केन्द्रीय समिति बैठकका यस्ता छन् एजेण्डा

शुक्रबार, २० फागुन २०७८, १३ : ५९
शुक्रबार, २० फागुन २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरिएको छ ।   जसअनुसार श्रद्धाञ्जलीपछि अध्यक्षबाट रिपोर्टिङको एजेण्डा राखिएको छ । माओवादी स्रोतका अनुसार अध्यक्षमा प्रचण्डले बैठकमा मूलत एमसीसीबारे रिर्पोटिङ गर्नेछन् । 

त्यसपछि संगठनात्मक विषय एजेण्डामा समेटिएको छ । थपअनुसार केन्द्रीय समितिमा सदस्य थप्ने, पोलिटब्युरो, स्थायी र  पदाधिकारी गठबन्धनबारे पनि छलफलका लागि एजेण्डा तय गरिएको छ ।  यस्तै कार्यविभाजन, स्थानीय तह निर्वाचनको तयारी र विविध विषय एजेण्डामा समेटिएको छ । 

विविधमा रामवृक्ष यादवको शालिकबारे र मसालसँगको एकताबारे भनेर राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप