बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल औषधी उत्पादक संघले आठौं फर्मा एक्सपो गर्दै

शुक्रबार, २० फागुन २०७८, २१ : २०
शुक्रबार, २० फागुन २०७८

नेपाल औषधी उत्पादक संघले आठौं नेपाल फर्मा एक्स्पो २०७९ बैशाख ९ देखि ११ गतेसम्म आयोजना गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैशाख ९ देखि ११ गते (22-24 April 2022​) सम्म चितवन एक्स्पो सेन्टर भरतपुर, चितवनमा नेपाल फर्मा एक्स्पो २०२२’ गर्ने जानकारी दिएको हो ।

नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधि र यसमा अपनाएका संवेदनशिलताको बारेमा जानकारी तथा सचेतना फैलाउन उदेश्यले फर्मा एक्सपो गर्न लागिएको संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले बताए । नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन र अझ प्रविधि मैत्री दक्षता प्रदान गर्न, औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उद्धेश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष पाण्डेले बताए ।

नेपालमा हाल प्रत्येक बर्ष ३५ वटा प्राविधिक कलेजबाट करिव १५ सय औषधी प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिस्ट उत्पादन हुँदै आएको छ । एक्स्पोमा १६० स्टल रहनेछन् । औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधी उद्योगहरु समेत एक्स्पोमा भाग लिने संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप