शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जाह्नवीलाई डाक्टर बनाउन चाहान्थिन् श्रीदेवी

शनिबार, २१ फागुन २०७८, ०९ : १६
शनिबार, २१ फागुन २०७८

बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार मार्च ६ मा आफ्नो जन्मदिन मनाउँदै छिन् । फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालेकी जाह्नवीले त्यसपछि कैयौं फिल्ममा अभिनय गरिन् । सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ । उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन् । जाह्नवी बलिउडमा आमा जस्तै सुपरस्टार बन्न चाहन्थिन् । तर, श्रीदेवी छोरीलाई अभिनयमा भन्दा पनि डाक्टर बनेको हेर्न चाहन्थिन् ।

जाह्नवीका पिता बोनी कपूरले कहिल्यै पनि छोरीका सपनालाई रोक्ने काम गरेनन् । तर, आमा श्रीदेवी भने छोरीले फिल्मलाई भन्दा पनि पढाइलाई ध्यान दिऊन् भन्ने चाहन्थिन् । श्रीदेवीको चाहना छोरीलाई एउटा असल डाक्टर बनेको हेर्ने थियो ।

तर, जाह्नवी भने आमा श्रीदेवीको जस्तै कैयौं सुपरहिट फिल्म दिएर बलिउडको सुपरस्टार बन्ने सपना थियो । यो उनको बाल्यकालदेखि कै सपना र चाहना थियो । जाह्नवीले ‘धडक’बाट अभिनयमा पाइला चाले पनि त्यो अभिनय उनकी आमाले हेर्न पाइनन् । किनकी फिल्म रिलिजअघि नै श्रीदेवीको निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप