बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

युक्रेन–रुस संघर्ष : जेलेन्स्कीको अपीलमा इजराइली प्रधानमन्त्रीले पुटिनलाई भेटे

आइतबार, २२ फागुन २०७८, १५ : ०७
आइतबार, २२ फागुन २०७८

युक्रेन–रुस संघर्षका बीच इजराइलका प्रधानमन्त्री नफताली बेनेटले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेका छन् । उनी शनिबार रुसको राजधानी मस्को पुगे ।

यो बैठकको महत्व यो कुराले पनि लगाउन सकिन्छ कि इजराइली प्रधानमन्त्रीले यो भ्रमणका लागि शबात (यहूदीका अनुसार आरामको दिन) लाई तोडेका छन् । यहूदी कानूनअन्तर्गत ज्यानको खतरा हुँदा मात्रै यसलाई तोड्न सकिन्छ ।

बेनेटको यो बैठकबारे हालसम्म खासै जानकारी दिइएको छैन । यद्यपि, यी दुईबीच करिब तीन घण्टासम्म कुराकानी भयो ।

बेनेट र पुटिनले यसअघि पनि थुप्रै पटक भेटघाट गरिसकेका छन् र दुई देशबीच राम्रो सम्बन्ध भएको बताइन्छ । इजराइल अमेरिकाको महत्वपूर्ण सहयोग भएपनि प्रधानमन्त्री बेनेटको रुससँग पनि राम्रो सम्बन्ध छ ।

युक्रेनका राष्ट्रपति आफै पनि यहूदी हुन् । उनले इजराइलका प्रधानमन्त्रीसँग यो मामिलामा मध्यस्थता गर्न अपिल गरेका थिए ।

यो भ्रमणमा प्रधानमन्त्री बेनेटसँग हाउजिङ मन्त्री जीव एलकिन पनि थिए जो लामो समयसम्म इजराइली नेतासँग रुसी भाषाका अनुवादकको काम पनि गरिसकेका छन् । उनी युक्रेनको शहर खारकिएभमा जन्मिएका हुन् र अहिले पनि युक्रेनमा उनका आफन्त छन् ।

यो बैठकपछि नफताली बेनेट जर्मनीको यात्रामा निस्किए । जर्मनमा उनी चान्सलर ओलाफ स्कोल्जलाई भेट्ने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप