शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका अर्थमन्त्रीको सम्पत्ति : ७५ हजार मौज्दात, १३ लाख ऋण

आइतबार, २२ फागुन २०७८, १९ : ०३
आइतबार, २२ फागुन २०७८

कर्णालीका आर्थिक मामिला तथा कानुन मन्त्री विन्दमान विष्टले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बुझाएको सम्पत्ति विवरण अनुसार उनकी श्रीमति पूजा दर्लामी (विष्ट)को नाममा वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीमा कित्ता नम्बर ३१५० को २० लाख बराबरको जग्गा रहेको छ । 

उक्त जग्गा पनि पुख्र्यौली सम्पत्ति र ऋण गरेर जोडेको उल्लेख गरेका छन् । विष्टले आफ्नी श्रीमतीको माइतीबाट वीरेन्द्रनगर नगरपालिका –३ मा  कित्ता नं. १८६१ र ०–०–८.२५ क्षेत्रफलमा जग्गा रहेको बताएका छन् । सुर्खेत बराहताल गाउँपालिका–१ घर भएका उनको चल सम्पती विवरणमा विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ ।  

मन्त्री विष्टको अहिलेसम्म मौज्दात रकम भने ७५ हजार मात्रै रहेको उल्लेख गरेका छन् । एनआईसी एशिया बैंकमा मन्त्री विष्टको ३५ हजार र पुर्जा दलार्मी (विष्ट)को  राष्ट्रिय वाणिज्य बैंक काठमाण्डौंमा ५० हजार मौज्दात रहको छ । उक्त रकम पारिश्रमिकबाट जम्मा गरिएको उल्लेख छ ।

यस्तै मन्त्री विष्टको नाममा २ लाख ६० हजार बराबरको मोटरसाईकल रहेको छ भने श्रीमतीको नाममा १३ लाख ऋण रहेको विवरणमा उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्रबाट विष्ट गत मंसिर १४ गते मन्त्रीमा नियुक्त भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप