रुसी हमलामा युक्रेनका राष्ट्रपति मारिए के होला ? अमेरिकाले दियो जवाफ

रुसी हमलामा युक्रेनका राष्टपति मारिएको खण्डमा के होला भन्ने प्रश्न धेरैको मनमा उठेका हुनसक्छन् । यही विषयमा अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनलाई प्रश्न सोधिएको छ । सिबिएस न्युज च्यानलले एक अन्तरवार्ताको क्रममा ब्लिङ्कनलाई हमलामा युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की मारिए के होला भनेर सोधिएको प्रश्नको जवाफमा ब्लिङ्कनले युक्रेनको सरकारसँग आकस्मिक योजना भएको बताएका छन् ।
एन्टनी ब्लिङ्कनले भने, ‘युक्रेनसँग योजना छन् । म यसका अहिले नै कुरा गर्ने वाला छैन । सरकारलाई सत्तामा राख्नका लागि के गर्नुपर्छ भन्ने कुरा हामी निश्चित गर्नेछौँ । यसलाई ममाथि छोडिदिनुहोस् ।’
ब्लिङ्कनलाई अमेरिका जेलेन्स्की बिना अन्तरिम सरकारका लागि कुनै योजनामाथि काम गरिरहेका छन् भनेर सोधिएको थियो ।
थुप्रै मिडिया रिपोर्टमा जेलेन्स्की रुसी हमलाको निशानामा भएको बताइएको छ । जेलेन्स्की आफैंले पनि आफ्नो ज्यानमाथि खतरा भएको बताइसकेका छन् । अहिले जेलेन्स्की लाइभमा आउँदैनन् । उनी भिडियो रेकर्ड गरेर सोसल मिडियामा हाल्ने गर्छन् ।
Ukraine has a ‘continuity of government’ plan if its Zelensky is assassinated, US Secretary of State Antony Blinken says, https://t.co/tBAOrsBqev
— Autumn 🎶🌻 (@SciRocker) March 7, 2022
यदि रुसले राष्ट्रपति जेलेन्स्कीलाई मारिदियो भने त्यसको असर के होला ? यसको जवाफमा ब्लिङ्कनले भने, ‘पहिलो कुरा त के हो भने जेलेन्स्की र उनको सरकार पूरा मामिलामा डटिरहेका छन् । मानिसहरुले गज्जबको साहस देखाएका छन् ।’
प्रतिबन्धको विषयमा ब्लिङ्कनले यसको रुसमा असाध्यै गम्भीर असर परिरहेको बताए । कम्पनीहरु त्यहाँबाट भागिरहेका कारण मानिसहरु अत्यावश्यक सामान खरिद गर्न नसकिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति
-
१२ पटक विज्ञापन गर्दा पनि आएनन् विज्ञान शिक्षक !
-
प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
मजगैयाँको गजल गीत : ‘के छ ओइ सान्नानी’ मा सुधीर र उषाको अभिनय
-
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री