दोस्रो दिनको माओवादी केन्द्रीय कमिटी बैठक (तस्बिरमा हेर्नुस्)
नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । गौशालास्थित अनुपम फुडल्याण्डमा बैठक १२ बजेपछि मात्रै सुरु भएको हो । शुक्रबार राष्ट्रिय सभागृहमा सुरु भएको बैठक आइतबार स्थगित भएर सोमबार ११ बजेका लागि तय भएपनि १ घण्टा ढिलो मात्रै सुरु भएको हो ।
आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्यविभाजन गर्दै समापन गर्ने तयारी छ । गत पुस १८ गते सम्पन्न सो पार्टीको महाधिवेशनले अपूरो केन्द्रीय कमिटी बनाएको थियो भने पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्ष चयन गरेको थियो । माओवादीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई छ । सहमतिका आधारमा पदाधिकारी चयन गर्ने प्रयास अध्यक्ष प्रचण्डको भएपनि उनको प्रयास असफल भएको छ ।
प्रचण्डको प्रयास असफल भएपछि एमसीसीबारेको छलफल, पदाधिकारी चयन, स्थायी कमिटी र पोलिटब्युरो गठनजस्ता विषयका बारेमा भने माओवादीले आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचनपछि मात्रै टुङ्ग्याउने भएको छ । तस्बिर : कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन