बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना भाइरसबाट थप चार हजार ३६२ सङ्क्रमित

सोमबार, २३ फागुन २०७८, १३ : २२
सोमबार, २३ फागुन २०७८

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ३६२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ५४ हजार ११८ पुगेको अधिकारीहरुले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको  ०.१३ प्रतिशत रहेको समाचारमा जनाइएको छ । भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा नौ हजार ६२० कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ९८ हजार ९५ पुगेको छ । कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार १०२ को मृत्यु भएको छ । तीमध्ये  ६६ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  

गत आइतबार एक दिनमा भारतमा ६ लाख १२ हजार ९२६ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भयबाट हालसम्म ७७ करोड ३४ लाखभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म एक अर्ब ७८ करोड ९० लाख भन्दा बढी डोज खोप लगाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप