बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बारमा ८ जना अध्यक्षका उम्मेदवार (सूचीसहित)

सोमबार, २३ फागुन २०७८, २१ : ४९
सोमबार, २३ फागुन २०७८

नेपाल बार एसोसिएसनको चैत १९ गते हुने चुनावका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको छ । नेपाल बार एसोसिएसन निर्वाचन समितिले सोमबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो । प्रकाशित नामावलीमा ८ जना अध्यक्ष उम्मेदवार रहेका छन् भने उपाध्यक्षमा (प्रदेश र महिला) २१ जनाको उम्मेदवारी परेको छ । 

अध्यक्षमा उम्मेदवारी दिनेहरूमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमितालक्ष्मी सैंजु श्रेष्ठ, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राई रहेका छन् ।

त्यस्तै महासचिवमा ७ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ ।
अन्य उम्मेदवारहरूको नामावली तलको तालिकामा हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप