रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह
मङ्गलबार, २४ फागुन २०७८, ०७ : १५

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरु समक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।
रुसमा उत्पादित सामग्री बहिस्कार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए ।
यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन् । रुस र युक्रेन सरकारका प्रतिनिधिबीच तेस्रो चरणको वार्ताको तयारी भएको बीबीसीले जनाएको छ । यसअघि भएका वार्ता बिनानिष्कर्ष टुंगिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित
-
ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ: देउवा
-
कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौंः मुख्यमन्त्री आचार्य
-
७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
‘भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि