शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नारी दिवस : श्रमकै कारण आत्मसम्मान, तस्बिरहरु

मङ्गलबार, २४ फागुन २०७८, ११ : २०
मङ्गलबार, २४ फागुन २०७८

एउटा भनाई निकै चर्चित छ । सबै महिला कामकाजी महिला हुन् तर केही थोरैले मात्रै तलब पाउँछन् । छोरीबाट बुहारी बनेपछि महिलामाथि कामको बोझ स्वतः थुप्रिन्छन् । एउटी बुहारीले श्रीमानका आमाबुवा, दाजुभाइ, दिदीबहिनीका सुखसुविधा र उनीहरूको भविष्यका लागि आफ्ना सारा ऊर्जाशील उमेर खर्चिन्छे  । बदलामा न्याय, समानता, सम्मान र अपनत्वको अपेक्षा राखेका हुन्छन् । आफ्ना सन्तानका लागि एक महिलाले जस्तो सुकै दुःख पनि खुसीखुसी सहिदिन्छिन् । 

आफ्नो दक्षता के मा छ, आफूले जे जति गर्न सक्छन्, त्यसमा अघि बढेर घर धन्धा धानिरहेका हुन्छन् । मकै पोलेर, ठेलामा चट्पटे बेचेर, तरकारी बेचेरै भएपनि सन्तानले चाहेको कुरा किनिदिन पाए, त्यसैमा आत्मसन्तुष्टि मिल्छ धेरैलाई । यही कुरा महिलाको सबैभन्दा ठूलो शक्ति हो । 

आज महिलाले गर्न नसक्ने काम केही छैन । पुरुषसँगै काँधमा काँध मिलाएर श्रम गरिरहेका छन् । श्रमकै कारण आत्मसम्मानका साथ शिर उचो बनाइरहेका छन् । नारी दिवसका दिन मात्रै होइन, प्रत्येक दिन प्रत्येक नागरिकले आफ्ना जीवनमा स्नेह र ममताको वर्षा गराउने नारी पात्रप्रति कृतज्ञता, सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । नारी समानताका लागि ऐक्यबद्धता जनाउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप