बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाले ३० वर्ष नपुग्दै गर्नुपर्ने १० काम

बुधबार, २५ फागुन २०७८, १० : ५४
बुधबार, २५ फागुन २०७८

प्रायः महिलाहरु घर, परिवार र कामको जिम्मेवारी निर्वाहमा नै भुलिरहेका हुन्छन् । महिलाहरु आफ्नो नीजि जिवनको बारेमा भने धेरै सचेत भएको पाइदैन । महिलाहरु आफ्नो बारेमा त्यतिबेला मात्रै सोच्न पुग्छन् जतिबेला उनीहरुको शरीरमा शक्ति, जाँगर र हौसला नै समाप्त भइसकेको हुन्छ । त्यसैले, महिलाहरुले ३० वर्षको उमेरभन्दा अगाडि नै आफ्नो बारेमा सोच्न आवश्यक छ । केही यस्ता कुराहरु छन् जुन उनीहरुले ३० वर्षको उमेरभन्दा अगाडि नै गरिसकेको हुनुपर्छ । 

डरमाथि जित 
हरेक व्यक्तिहरु कुनै न कुनै चिजबाट डराउँने गर्छन् । कसैलाई उचाई, कसैलाई पानी अनि कसैलाई भुतप्रेतसँग डर लाग्छ । कतिपय महिलाहरु मुसा, साङ्लो, छेपारोसँग पनि डराउँछन् । तर, मनमा आत्मविश्वास कायम गर्न आफूभित्र भएको डरलाई जित्न सक्नुपर्छ । 

आफ्नै कमाइ र किनमेल
पछिल्लो पुस्ताका महिलाहरु पुरुषभन्दा धेरै अगाडि बढिसकेका छन् । नोकरी गर्नु महिलाका लागि सामान्य कुरा नै हो । महिलाले आफ्नो कमाइबाट कुनै न कुनै महंगो चिज खरिद गर्नुपर्छ । जसले तपाईंमा आत्मविश्वास बढाउँछ । 

माया गर्नुस् 
महिला वा पुरुष जो कोहीलाई पनि मायाको आवश्यकता पर्छ । मायाबिना संसारमा कुनै पनि मानिस खुशी रहन सक्दैन । त्यसैले विवाह अगाडि पनि खुलेर माया गर्न सिक्नुपछृ । साथै, आफूलाई मन पर्ने कुराहरु गर्नुपर्छ । 

एड्भेन्चर 
जीवनलाई सक्रिय रुपमा चलाउनका लागि जीवनमा रोमाञ्चक कुराहरुको अत्यन्त आवश्यकता पर्छ । त्यसैले महिलाहरुले पनि एड्भेन्चर गर्न आवश्यक छ । जसले मनभित्र चुनौतिको सामना गर्न उत्प्रेरण दिन्छ । 

एक्लै यात्रा गर्नुस्
आफूमा आत्मविश्वास बढाउन एक्लै यात्रामा जान आवश्यक छ । महिलाले जिवनमा एक पटक भए पनि एक्लै यात्रामा जानुपर्छ । देश वा विदेश कुनै पनि ठाउँमा एक्लै यात्रामा जाँदा महिलाहरुले आफूभित्र आत्मविश्वास बढेको अनुभव गर्न सक्छन् । 

नयाँ कुरा सिक्नुस् 
मानिसले कुनै पनि उमेरमा सिक्न छोड्नुहुँदैन । सिक्ने कुनै उमेर हुँदैन । त्यसैले महिलाहरुले कुनै न कुनै नयाँ कुरा सिक्न आवश्यक छ । 

आफ्नो शरीरप्रति गर्व 
महिलाहरुले प्रायः पुरुषको शरीरसँग दाँजेर आफ्नो शरीरलाई घृणा गर्ने गर्छन् । तर, त्यस्तो गर्नु सही हुँदैन । आफ्नो शरीरलाई र आफूलाई माया गर्नुपर्छ जसले अरुसँग तुलना गरेर आफूप्रति घृणाको भाव पैदा हुँदैन । 

आत्मरक्षा 
कुनै पनि नराम्रो परिस्थितीमा पर्नुअगाडि महिलाले आफूले आफूलाई रक्षा गर्नका लागि आफै बलियो हुन आवश्यक छ । महिलाले आत्मरक्षाका लागि विभिन्न तरिकाहरु सिक्न आवश्यक छ । 

मि टाइम 
प्रायः महिलाहरु घर, परिवार, बालबच्चा, अफिसको काममा धेरै व्यस्त हुने भएकाले आफ्नो लागि समय छुट्याउँदैनन् । त्यसैले व्यस्त समयमा पनि आफ्नो लागि मात्रै समय छुट्याउने गर्नुपर्छ । 

नयाँ भाषा 
नयाँ–नयाँ भाषा सिक्दा महिलाहरुको व्यक्तित्वमा निखार आउँछ । फरक भाषा सिक्दा आत्मविश्वास पनि बढ्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप