सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय

अझै शक्तिशाली छु भन्ने ओलीको भ्रम चुनावमा तोडिन्छ : माधव नेपाल

बुधबार, २५ फागुन २०७८, १२ : ११
बुधबार, २५ फागुन २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् ।  पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र गठबन्धन तोड्ने प्रयासलाई ओलीले अझै कायम राखेको बताएका हुन् । 

‘गठबन्धन बीचमा अविश्वास पैदा गर्ने र सत्ता गठबन्धनलाई  तोड्ने षड्यन्त्र अझै भइरहेको छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले यसअघि एमसीसीको नाममा आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेर काँग्रेससँग मिल्ने योजनामा लागेका ओली सफल नभएको पनि बताए । 

उनले एमाले अध्यक्ष ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम परेको भन्दै त्यो भ्रम आगामी निर्वाचनमा तोडिने बताए । ‘कुनै मान्छेहरूलाई अझै पनि शक्तिशाली हामी हौँ भन्ने भ्रम छ । ती भ्रम समयक्रममा खुल्दै जानेछन् । स्थानीय निर्वाचनले पुष्टि गर्छ’, अध्यक्ष नेपालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप