नयाँ आर्थिक मोडलको विकास गर्न प्रतिबद्ध छौं : प्रचण्ड
![नयाँ आर्थिक मोडलको विकास गर्न प्रतिबद्ध छौं : प्रचण्ड](https://rpcdn.ratopati.com/media/albums/prachanda_cover_aXjXc1eW6E.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका छन् । बुधबार पार्टी निकट उद्योगी व्यवसायी महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक मोडलको विकास गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।
‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं । सार्वजनिक नीजि र सहकारीको साझेदारीमा नयाँ खालको आर्थिक मोडेलको विकास गर्न पनि प्रतिवद्ध छौ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्दैगर्दा नेपालको राजनीतिक प्रणालीमा पनि केही मौलिकता प्रस्तुत गरेको बताए ।
‘समावेशी लोकतन्त्र, इन्क्लुसिभ डेमोक्रेसी, यो प्रयोगमा छ । यसका विरुद्ध विभिन्न कोणबाट प्रहार पनि भइरहेका छन्, त्यो प्रहार विरुद्ध हामी संघर्षरत पनि छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले ‘अहिले पनि समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने कुरामा सार्वजनिक नीजि र सहकारीको समन्वयात्मक नयाँ मोडलको विकास गर्ने कुरामा विवाद र बहस कायमै’ रहेको बताए । उनले त्यस्तो मोडललाई ठिक ढंगले विकास गर्न नसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का