शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुर कटारीमा ग्लोबल आइएमई बैंकको शाखा उद्‌घाटन

बुधबार, २५ फागुन २०७८, १३ : १८
बुधबार, २५ फागुन २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुर कटारीमा शाखाको उद्घाटन गरेको छ । मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयास कार्कीले संयुक्त रूपमा शाखाको औपचारिक उद्घाटन गरेका हुन्‌ ।

‘सबैका लागि बैंक’ भन्ने नारासाथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ । कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले अपेक्षा राखेको छ ।

बैंकले हालसम्म देशभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप