आइतबार, ०२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी एक्लै चुनाव लड्न सक्षम छ : प्रचण्ड

बुधबार, २५ फागुन २०७८, ०८ : ००
बुधबार, २५ फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस-एमाले एजेण्डा र विचारमा शून्य रहेको बताउँदै अहिले आफुहरुलाई अपमानित गर्ने काम भएको समेत बताए ।

बुधबार नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यही पाटीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ, अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्न ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप