शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्यान मार्ने धम्किदिने कर्मचारीले मागे पत्रकारसँग माफी

बुधबार, २५ फागुन २०७८, २० : ४५
बुधबार, २५ फागुन २०७८

पेश्की रकमबारे प्रतिक्रिया माग्दा पत्रकारलाई ज्यान मार्ने धम्की दिएका रौतहटका स्वास्थका कर्मचारीले माफी मागेका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य पत्रकार शैलेन्द्र झासँग स्वास्थ्य कार्यालय गौरका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले माफी मागेका हुन । 

रौतहटका सिडियो कृष्ण बहादुर शाही , राष्ट्रिय अनुसन्धानका एसपी मुकुन्द खड्का , स्वास्थ्य कार्यालय गौरका प्रमुख दिपेन्द्र राय , कोल्ड निरिक्षक अधिकृत अनिल कर्ण, नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा लगायत संचारकर्मीकाे रोहवरमा कोल्ड निरिक्षक  यादवले पत्रकार झासँग माफी मागेका हुन ।

पत्रकार झाले जिल्ला प्रशासन कार्यालय रौतहटमा बुधबार शान्ति सुरक्षा तथा आवश्यक कारबाहीको लागी निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालयले कोल्ड निरिक्षक यादवलाई सोधपुछका लागि बोलाएको थियो ।  कोल्ड निरिक्षक यादवले आफूले गल्ती गरेको स्वीकार गर्दै बोल्न नहुने कुरा बोलेकाले माफी मागेका  थिए । 

९७ लाख रुपैया  पेश्की लिएको बारे पत्रकार  झाले समाचारको लागी  प्रतिक्रिया लिन खोजेको सन्दर्भ यादवले ज्यान मार्ने धम्की दिएका थिए । सिडियो  शाहीले मुस्कान सहितको सेवा कर्मचारीले दिनु पर्नेमा धम्की दिनु गलत कार्य भएको बताउँदै अब यस्तो गल्ती दोहरीएमा कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाए ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप