दोलखामा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, चार घाइते

दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
गैरीशङ्कर गाउँपालिका–४ झ्याकु गोर्पाङमा ना६त २७७५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दुर्घटनामा परी सोही वडा निवासी १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा, १७ वर्षीय र आङ्टोपे शेर्पा घाइते भएको दोलखा प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । घाइतेमध्ये १५ वर्षीय ङाङ्छुङ शेर्पाको निधारमा चोट लागेको कारण सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ भने अन्य बिरामीको सिंगटी अस्पतालमा उपचार भइरहेको छ ।
गाउँपालिका वडा नं ४ गोर्पाङबाट ढुङ्गा लिएर झ्याकु जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भई करिब २०० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले सकारात्मक जवाफ नदिएपछि चिढियो रास्वपा, रविले थाले आन्तरिक छलफल
-
६ जना थुनुवा भागेको घटनामा असईसहित ३ प्रहरी निलम्बित
-
माओवादी पदाधिकारी बैठक डेढ घण्टापछि सर्यो
-
नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै
-
नक्कली मल बेचेको आरोपमा सर्लाहीबाट पसले पक्राउ
-
प्रधानमन्त्रीलाई भेटेर रवि लामिछाने फर्किए, प्रचण्डले दिएनन् सकारात्मक जवाफ