शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्ते गरेको आरोपमा भोटखोला–४ का वडाध्यक्ष पक्राउ

शुक्रबार, २७ फागुन २०७८, २१ : ४६
शुक्रबार, २७ फागुन २०७८

सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाअध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ । जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

भोटेसहित सात जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ ।

मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा रु एक लाख दिएर पास गरेको बताइएको छ । पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप