२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक
आइतबार, २९ फागुन २०७८, ११ : २१
नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको छ । बैंकले पाँच वर्ष (२०८३ चैत ३० गतेसम्म) का लागि आगामी चैत ३० गते उक्त नागरिक बचत पत्र निष्काशन गर्न लागेको हो ।
आइतबार एक सूचना जारी गर्दै बैंकले बचतपत्रका लागि दरखास्त दिन सार्वजनिक आह्वान गरेको छ । सूचना अनुसार पाँच वर्षे वचत पत्रमा बैंकले वार्षिक अधिकतम १० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । ब्याज भने छ÷छ महिनामा वितरण हुनेछ ।
इच्छुक खरिदकर्ता (लगानीकर्ता)ले घटीमा १० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । यस बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण