बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर ५ हजार भन्दा कम सक्रिय संक्रमित, २४ घण्टामा ६५ जनामा कोरोना पुष्टि

आइतबार, २९ फागुन २०७८, १६ : ५२
आइतबार, २९ फागुन २०७८

पछिल्लो २४ घण्टामा देशभर जम्मा ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ५ हजार भन्दा कम रहेका छन् ।

अर्थात देशभर ४ हजार ९१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । 
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनामा कोरोना परीक्षण भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप