शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

परिवर्तनको आन्दोलनमा भारतमा रहेका नेपालीको भूमिका प्रशंसनीय : शर्मा

सोमबार, ३० फागुन २०७८, ११ : ५४
सोमबार, ३० फागुन २०७८

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले परिवर्तनको आन्दोलनमा भारतमा कार्यरत नेपालीहरुको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा चुनावको पक्षमा माहोल बनाउन पनि आग्रह गरे । 

भारतको भोपालमा आयोजित अखिल भारत नेपाली एकता मञ्चको दोस्रो बैठकलाई सम्बोधन गर्दै शर्माले सम्भव हुने जति गाउँ फर्किएर फिल्डमै खटिन र सम्भव नहुनेहरुले कार्य क्षेत्रबाटै भएपनि आफ्नो ठाउँमा माओवादीको पक्षमा माहोल बनाउन आग्रह गरे । 

उनले संघीयता, गणतन्त्र, धमनिरपेक्षता, समावेशितालगायत माओवादीकै बलमा स्थापित भएको भन्दै ती परिवर्तनलाई उल्ट्याउन एमालेलगायतका दलहरु प्रयासरत रहेकाले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिए ।  ‘नेपाली जनताले माओवादी पार्टीलाई पत्याएका छन् ।  निर्वाचन हारे लोकतन्त्र पनि हार्छ’, उनले भने, ‘यसैले निर्वाचन लडाइँ जित्नै पर्ने बाध्यता छ ।’ 

यसैगरी प्रवास समन्वय समितिका सचिब टीबी पाठकले संगठनले नै विचार र राजनीतिलाई लागू गर्ने उल्लेख गर्दै बलियो संगठन बिना सही राजनीति र विचार जनताको बीचमा जान नसक्ने बताए । उनले माओवादीको विचार सही भएको बताउँदै पार्टी समाजवादी यात्राको कोर्सबाट नभागेको स्पष्ट पारे । आठौँ महाधिवेशनले पार्टीलाई समाजवादको यात्रामा जाने बाटो तयार पारेको उल्लेख गर्दै पाठकले उत्साही भएर अगाडि बढ्न आह्वान गरे ।

यसैगरी अखिल भारत नेपाली एकता मञ्चका निवर्तमान अध्यक्ष ईश्वरी भण्डारीले प्रवासी नेपालीको नोट चलेपनि भोट नचलेको भन्दै गुनासो पोखे । 

४३ वर्षको इतिहास बोकेको अखिल भारत नेपाली एकता मञ्चको दोस्रो बैठक मध्य प्रदेशको भोपालमा मार्च १२ र १३ गते सम्पन्न भएको हो । राजेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अखिल भारत नेपाली एकता मञ्चका  उपमहासचिव आरबी खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप