विद्युतको आन्तरिक खपत वृद्धि गर्न काम भइरहेको छः ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् । सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडि बढाइरहेको बताएकी हु्न् ।
नेपाल नवीकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत आयोजनाहरुको निर्माणको काम उत्साहित रुपमा अगाडी बढिरहेको बताइन् ।
सरकारले सन् २०२८ सम्ममा १५ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य साथ काम गरिरहेको उनले बताइन् । मन्त्री भुसालले जलविद्युत आयोजनाहरु गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिइन् । उनले छिमेकी राष्ट्रहरूलाई विद्युत निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पारिन् ।
मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताइन् । देशभित्रका नीजि क्षेत्र, सबै वित्तिय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिनु नहुने उनले बताइन् । सरकारले जोखिम न्युनिकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरुसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उनको भनाइ छ । उनले जल तथा मौसम विज्ञान विभागमार्फत देशभर भएका जल तथा मौसम स्टेशन तथा नयाँ स्टेशनहरु थप गरी अझ वैज्ञानिक र विश्वसनीय रुपमा अगाडी बढ्ने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?