बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘कंक्रिटको जंगल’मा वसन्तको बहार (तस्बिरहरु)

सोमबार, ३० फागुन २०७८, १६ : २९
सोमबार, ३० फागुन २०७८

काठमाडौं उपत्यकाका विभिन्न सडक किनार यतिबेला मोहक देखिएका छन् । सडक किनारमा रहेका विभिन्न फूल फूलेर बटुवालाई मुग्ध तुल्याएका छन् । वसन्त ऋतुको आगमनसँगै प्रकृतिको सुन्तरता बढ्ने गर्दछ । यो समय रुखहरुले पालुवा फेर्ने र विभिन्न फूल फूल्ने समय हो । काठमाडौंका विभिन्न सडक किनारमा चेरी, आरुका रुख ढकमक्क फूलेका छन् ।

सडक किनारमा बढेको प्राकृतिक सौन्दर्यलाई कयौं बटुवाले आफ्नो मोबाइल  क्यामेरामा कैद गर्ने तथा सेल्फी लिनेसमेत गरेका छन् । ‘कंक्रिटको जंगल’ उपनाम पाएको काठमाडौं उपत्यकामा पछिल्लो समय हरियाली बढाउन प्रयास भए पनि सार्थक भइसकेको छैन ।

सडक किनारमा रुखबिरुवा हुर्काउनु वातावरणीय दृष्टिकोणबाट मात्र नभएर सहरको सौन्दर्यताका लागि समेत प्रभावकारी हुने तथ्यलाई यतिबेला विभिन्न सडक छेउ देखिएको मोहक वातावरणले नै पुष्टि गर्दछ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप