शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

७ हजार ८८४ जनामा परीक्षण गर्दा ८३ जनामा कोरोना पुष्टि

मङ्गलबार, ०१ चैत २०७८, १८ : २८
मङ्गलबार, ०१ चैत २०७८

पछिल्लो २४ घण्टामा ७ हजार ८८४ जनामा परीक्षण गर्दा ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १३० जना निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७३४ जना र एन्टिजेन विधिबाट ३ हजार १५० जनामा परीक्षण भएको थियो । जसमा एन्टिनेज विधिबाट २६ र पीसीआर विधिबाट भएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप