चार दिनयता नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या शून्य
मङ्गलबार, ०१ चैत २०७८, १९ : ०९
चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार आठ सय ८४ नमूना परीक्षण गरिएकोमा जम्मा ८३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
यस अवधिका एक सय ३० जना कोरोनामुक्त पनि भएका छन् । नेपालमा हाल चार हजार सात सय ४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान