शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजमा होलीका प्रवृत्ति कायमै : प्रभु साह

मङ्गलबार, ०१ चैत २०७८, २१ : ०६
मङ्गलबार, ०१ चैत २०७८

पूर्वमन्त्री प्रभु साहले राक्षसरूपी होलिकाको अन्त्य भएपनि विद्यमान समाजमा होलीका प्रवृत्ति कायमै रहेको टिप्पणी गरेका छन् । गृहजिल्ला  रौतहटको संसदीय निर्वाचन क्षेत्र ३ अन्तर्गत मंगलबार कटहरियामा आयोजित होली मिलन समारोहमा सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता साहले ‘होलीका’ प्रवृत्तिले समाजमा सही पक्षको विकासमा जटिलता उत्पन्न भइरहेको बताएका हुन्  । 

उनले होलीका प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता सहित समाजमा न्याय, विकास र बदलावलाई अगाडि बढाउने सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । साहले हिन्दूहरूले मनाउने होली एकता, सद्भाव र उमङ्‍गको पर्व रहेको बताए । 

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । कार्यक्रमका साहले नवप्रवेशीहरुलाई माला र टीका लगाएर स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप