बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनको अवस्था सहज बनाउन अमेरिकालाई चीनको आग्रह

मङ्गलबार, ०१ चैत २०७८, २१ : ३६
मङ्गलबार, ०१ चैत २०७८

चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मंगलबार युक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन् । 

प्रवक्ता झाओ लिजियानले युक्रेन संकटको सम्बन्धमा रूस र चीनबीचको सम्बन्धबारे हालै एक जना नाम नखुलेका अमेरिकी अधिकारीले गरेको आरोपको जवाफमा नियमित प्रेस ‘ब्रिफिङ’मा उनले उक्त भनाई राखेका हुन् । 

रूसले चीनबाट सैन्य र आर्थिक सहयोगको लागि अनुरोध गरेको र चीनले सहमति जनाएको तर त्यसलाई सार्वजनिक रुपमा अस्वीकार गर्ने सूचना दिएको भन्ने एक नाम नखुलाइएका अमेरिकी अधिकारीले बताएको भन्ने सूचना अमेरिकी सरकारले नेटो र केही एसियाली सहयोगीहरुमार्फत् पाएको भन्ने सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा कुनै सत्यता नरहेको उनले बताए ।

रुसले चीनसँग सैन्य सहयोग माग्न अस्वीकार गरेको उल्लेख गर्दै विसङ्गत सूचना सिर्जना गर्ने र फैलाउने जस्ता कार्य गैरव्यावसायिक, अनैतिक र गैरजिम्मेवार हुने हुँदा जिम्मेवार मुलुकले यसो गर्नु नहुने झाओले बताए । 

झाओले भने, “संयुक्त राज्य अमेरिकाले युक्रेन संकटको विकासमा निर्वाह गरेको भूमिकालाई गहिरिएर विचार गर्नुपर्छ र युक्रेनको स्थितिलाई कम गर्न ठोस प्रयास गर्नुपर्छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप